कलेस्तीमा नेवा संस्कार र संस्कृति संरक्षणार्थ बाँसुरी र मादल तालिम

दमौली : नेवा संस्कार एवं संस्कृति प्रवद्र्धन र संरक्षणको उद्देश्यका साथ कलेस्तीमा पहिलोपटक बाँसुरी र मादल बजाउने तालिम तालिम दिइएको छ ।

नेवारी संस्कृतिको मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि गर्न नेवा खल: कलेस्तीको आयोजनामा १२ जना युवायुवतीलाई एक महिना तालिम दिइएको हो।

नेवा खल: कलेस्तीका अध्यक्ष सम्भु लाल प्रधान कलेस्तीमा नेवा संस्कार संस्कृति प्रवद्धन र संरक्षणको लागि युवालाई कलेस्तीमै पहिलोपटक बाँसुरी र मादल बजाउनेको तालिम दिइएको बताए ।

नेवा खल: कलेस्तीले लोपोन्मुख अवस्थाका पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई कलेस्तीमा  पुनजागृत गरेको उल्लेख गर्दै उनले नाचलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए ।

बासुरी र मादलका प्रशिक्षक ओम प्रकाश श्रेष्ठले तालिमका सिकाइलाई व्यवहारमा उतार्न निरन्तरको अभ्यास आवश्यक रहेको बताए । प्रशिक्षार्थीलाई धिमे बाचा कुशल श्रेष्ठले, टाक्टुके नाच प्रज्वल श्रेष्ठले प्रशिक्षण यस अघि दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?