काठमाडौं : नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सरकारका काममा सुधारका संकत देखिन थालेको बताएका छन् ।
ललितपुर, च्यालसस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले सकारात्मक काम गर्न सुरु गरेको बताए ।
“अहिले पुँजीबजारमा उल्लेख्य सुधार भएको छ । प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको छ,” उनले भने, “आर्थिक क्षेत्रमा भने केही आशातित सुधार भएको छैन । यसलाई सुधार गर्दै लैजानुपर्छ ।”
महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि दल बलियो हुनुपर्ने आवश्यकता औँल्याए । सत्ता राजनीतिमा साना साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै उनले देशमा स्थायित्वका लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको धारणा राखे ।
महासचिव पोखरेलले राजनीकि स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्दा दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले कांग्रेस र एमाले मिलेको स्पष्ट पारे । मुलुक लगातार आर्थिक संकटमा आउन थालेपछि एमालेका अध्यक्ष शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको उनको दाबी छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?