काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बुधबार बसेको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।
शाहले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ जनाले मतदान गरे । उनलाई नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११, नागरिक उन्मुक्ति पार्टीका सात गरेर ३६ जना सांसदले विश्वासको मत दिए ।
नेकपा (माओवादी केन्द्र)का र नेकपा (एकीकृत समाजवादी)का ४/४ जना गरी आठजना प्रदेशसभा उनको विपक्षमा मतदान गरे ।
स्वतन्त्र सांसद ताराप्रसाद जोशी तटस्थ बसे । बैठकमा ४५ सांसद उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?