दमौली : तनहुँको व्यास-१२ कमलवारी घर भई हाल काठमाडौ निवासी प्रजातन्त्र सेनानी श्रीराम भट्टराईको निधन भएको छ ।
निर्मल माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेका भट्टराईको बिहीबार काठमाडौमा निधन भएको हो ।
स्वर्गीय भट्टराईका छोरा दीपक र छोरी गीता भट्टराई छन् । उनले आफ्नो जीवनकालमा प्रजातन्त्रका लागि लड्दै समाजमा अमूल्य योगदान पुर्याएका थिए ।
स्व.भट्राईले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएका कारण दुई बर्ष भन्दा बढी जेल सजाय समेत भोगेका थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?