कार्यक्रममा वर्ष २०२३-२४ का अध्यक्ष अनुज बिमलीले वर्ष २०२४-२५ का अध्यक्ष अधिकारीलाई सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन् । साथै अध्यक्ष अधिकारीलाई कार्यक्रमका निवर्तमान अध्यक्ष बिमलीले कोलार लगाइदिएका थिए भने ग्याभल तथा हमर, चार्टर सर्टिफिकेट
अध्यक्ष अधिकारीलाई असिस्टेन्ट डिष्ट्रिक रोटर्याक्ट रिप्रिजेन्टेटिभ विश्व दर्शन पराजुलीले सपथ गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष अधिकारीले सपथ ग्रहण गराएका थिए । साथै ६ जना नयाँ सदस्यहरुलाई रोटर्याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटान जोन १५ का जेडआरआर रोशन खतिवडाले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि न्यौपानेले युवा र समाजमा क्लबले उल्लेख कार्य गरेको बताए । नगरपालिकाले पनि क्लबलाई निरन्तर सहयोग गर्दै आएको उनले बताए ।
कार्यक्रममा बोल्दै रोटर्याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटानका असिस्टेन्ट डिष्ट्रिक रोटर्याक्ट रिप्रिजेन्टेटिभ विश्व दर्शन पराजुलीले स्वार्थरहित सामाजिक सेवामा लाग्दा आत्मसन्तुष्टि मिल्ने गरेको बताए । साथै रोटर्याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटानको कार्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष अधिकारीलाई उनले आग्रह गरे ।
सोही अवसरमा निवर्तमान अध्यक्ष अनुज बिमलीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए । साथै उनले आफ्नो कार्यकालमा भएका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराउदै आगामी नेतृत्वलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा क्लबका पुर्वअध्यक्ष मनोज राउतले स्वागत गरेका थिए भने क्लबका उपाध्यक्ष सुगत चन्द्र हड्खलेले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम क्लबका सचिव पवन पौडेलले संचालन गरेका थिए ।
बसन्त आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत मुस्कान थापा, सर्वज्योती माविको कक्षा ५ मा अध्ययनरत झरना डाँगी र वेदव्यास आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत इशान परियारलाई स्टेशनरी, विद्यालय पोशाक सहित नगद एक हजार पाँच सयका दरले सहयोग गरिएको क्लबले जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?