घाँसीकुवामा ठूलो पहिरो खस्दा, पृथ्वीराजमार्ग दुईतर्फी अबरुद्ध

दमौली : पृथ्वीराजमार्ग सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

बुधवार साँझ करिव साढे पाँच बजे राजमार्ग अबरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ ।

१ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

खुलाउनका लागि प्रहरी परिचालन भइसहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?