दमौली : तनहुँकाे भानु नगरपालिकाले हालसम्म ४४३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
आर्थिक वर्ष २०७९/८० सम्ममा ३४० जनालाई र गत आर्थिक वर्षमा १०३ जनालाई परिचयपत्र वितरण गरेको हो ।
निवेदकले कार्यालयमा निवेदन दिएपछि अपाङ्गता समन्वयस मितिको बैठकले व्यक्तिको शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरिएको नगरपालिकाको महिला बालबालिका शाखाकी भगवती शर्माले जानकारी दिए।
आ.व २०७९/८० सम्ममा ३४० जनाले, आव २०८०/०८१ मा १०३ जना गरी ४४३ जनाले अपाङगता परिचयपत्र लिएका शर्माले बताइन।
उनका अनुसार ‘क’ वर्गका १०१ जना, ख’ वर्गका २१७ जना, ‘ ग’ वर्गका १०३ जना र ‘घ’ वर्गका २२ जना छन्।
संघीय सरकारबाट ‘क’ वर्गका अपाङ्गता भएकलाई मासिक रु तीन हजार ९९०, ‘ख’ वर्गलाई रु दुई हजार १२८ सुरक्षाभत्ता प्रदान गर्दै आएको छ ।
‘ग र घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई भत्ताको सुविधा नभएपनि नगरपालिकाले अपांगता भएका परिवारलाई निशुल्क स्वास्थ्य बीमा गर्ने गरिएकाे अपांगता परिचयपत्र वितरण समन्वय समितिकी प्रमुख एवं नगरपालिकाकी उप-मेयर उमा गाेतामेले बताइन।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?