
काठमाडौं : शेयर बजार परिसूचक नेप्से बुधवार पनि उच्च अङ्कले बढेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी व्यापार उपसमूहको ८ दशमलव २३ प्रतिशतले बढेको छ । जलविद्युत् ६ दशमलव ०३ प्रतिशत, विकास बैंक उपसमूहको ५ दशमलव ५१ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ उपसमूह २ दशमलव २२ प्रतिशत, र्निजीवन बीमा ४ दशमलव ७६ प्रतिशत, लगानी उपसमूह ५ दशमलव १९ प्रतिशतले बढेको छ ।
आज दुई सय ३३ कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?