
काठमाडौं : सेयर बजारमा आज विहिबार पनि हरियाली छाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा पछि लगातार जसो घटिरहेको शेयर बजार राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै लगातार बढिरहेको छ ।
मंगलबार र बुधबार उच्च अंकले बढेको नेप्से परिसूचक बिहीबार १२ दशमलव ५३ अंकले बढेर २ हजार ५ सय २० दशमलव २३ अंकमा पुगेको छ । कारोबार संख्या र रकम पनि बिहीबार राम्रै देखिएको छ । दिनभर भएको कारोबारबाट ८३ लाख २३ हजार ९ सय २३ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?