काठमाडौं : वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । मस्तिष्कघातका कारणले बिरामी परेका पाण्डेको आन्दाजी ६६ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले मस्तिष्कघातका कारणले बिरामी भएका वरिष्ठ पत्रकार पाण्डेको शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार अपराह्न उपचारका क्रममा निधन भएको जानकारी दिए ।
‘वरिष्ठ पत्रकार पाण्डे हाम्रो अभिभावक हुनुहुन्थ्यो । उहाँका परिवारका सदस्यका अनुसार उहाँ मस्तिष्कघातका कारणले शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ हुनुहुन्थ्यो,’ चौहानले भने ।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका पूर्वअध्यक्ष शत्रुघन नेपालले पाण्डे गत भदौ १३ मा बाराको डुमारानास्थित घरमा बिरामी भएर थप उपचारका लागि काठमाडौं आएको जानकारी दिए ।
पुर्ख्यौली घर धादिङ भएका पाण्डेले पर्सालाई कर्मभूमि बनाएर पत्रकारिता गरेक थिए । उनी यसअघि नेपाल पत्रकार महासंघ पर्सा शाखाको पूर्वसचिवसमेत भएका थिए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?