तनहुँमा थप ११ जनामा कोरोना पुष्टि

तनहुँमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा व्यास नगरपालिकाकामा २ जना, शुक्लागण्डकीमा ४ जना,भिमाद नगरपालिकामा ५ जना रहेका छन् ।

निर्देशनालयले जारी गरेको विज्ञप्तिमा व्यास –३का ४१ वर्षका पुरुष र २४ वर्षीया महिला  रहेका छन्  भने  भिमाद–५ का ९१ वर्षका पुरुष, ८ का ३९ वर्षीया महिला र ३ का ५०, १५, १४ वर्षका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै शुक्लागण्डकी–५का ४१ वर्षका पुरुष तथा ३१ वर्षीय महिला र ८का ३२ वर्षका पुरुष तथा २७ वर्षीय महिलामा संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?