व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा अंकित

दमौली : तनहुँको व्यास नगरपालिका -१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा अंकित तिवारी सर्वसम्मतरुपमा चयन भएको छ ।

सोमवार सर्कलको चौथो अधिवेशन तथा पाँचौं साधारण सभाबाट तिवारीलाई अध्यक्षमा चयन गरिएको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा सुस्मिता थापा मगर ,द्धितिय उपाध्यक्षमा नवीन ढकाल, सचिवमा सविना अधिकारी , कोषाध्यक्षमा सुस्मिता काराखेती र सहसचिवमा भिम बहादुर थापा चयन भएका छन् ।

बोर्ड सदस्यहरुमा अश्विन अधिकारी, असिका राना, चन्दा नेपाली, ममता कुवंर, राजिव थापा मगर, शिशिर सुनार, शंकर श्रेष्ठ, पुनम सापकाेटा र बिनिता पण्डित क्षेत्री चयन भएका छन् ।

अन्य दुई जना बोर्ड सदस्य विधान बमोजिम कार्यसमितिको बैठकले मनोनित गर्ने व्यवस्था रहेको सर्कलकी निवर्तमान अध्यक्ष निशा भण्डारीले जानकारी दिइन्।

कार्यक्रमका प्रमुख अतिथि एवम सन्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले सर्कलवाट हुँदै आएको कामको प्रशंसा गर्दै सञ्चालक समितिको साथ सदैव सर्कल प्रति रहने कुरा व्यक्त गरे ।

स्ववियु सचिव अनुप आलेले विद्यार्थी सर्कलले छात्रावृद्धि स्थापना काम देखि विद्यार्थीको हकहितको काम गरेकोमा खुसी व्यक्त गरे । उनले स्ववियुवाट सर्कालको लागि सदैव सहयोग रहने बताए।

निवर्तमान अध्यक्ष निशा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु डा. रामकुमार अधिकारी र सागर पौडेल ,संस्थाको संरक्षक एवं क्याम्पस व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे लगातय प्राध्यापकहरु एवं व्यवस्थापन संकायका विद्यार्थी हरुको उपस्थित रहेका थिए ।

उक्त कार्यक्रममा त्रि.विको अस्थशास्त्र विषयको सदस्यमा मनोनित भएका उप-प्राध्यापक  जनक काफ्ले, एमफिल उपाधि प्राप्त गरिएका उप-प्राध्यापक विश्वशेर तिमल्सेना र सह- प्राध्यापक विमल सिग्देल सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?