ऋषिङमा व्यावसायिक स्ट्रबेरी खेती सुरु

दमौली : तनहुँको ऋषिङ्ग गाँउपालिकाले व्यावसायिक स्ट्रबेरी खेती सुरु गरेको छ । गाउँपालिकाको कृषि शाखाको नेतृत्वमा व्यावसायीक स्ट्रबेरी सुरु गरिको हो ।

नेपालको सबै भुगोलमा लगाउन मिल्ने भएकोले ऋषिङ्ग गाउँपालिकाको कृषकको लागि राम्रो आम्दनिको श्रोत बन्न सक्ने र सजिलै उत्पादन गराउन सकिने युवा कृषक छेसाङ तामाङले बताए ।

यो वर्ष सुरुवाति बर्ष भएको कारण सोचेजत्ति लगाउन नसकेको ऋषिङ्ग गाउँपालिका कृषि शाखामा कार्यरत प्रवेश पण्डित बताए ।

अरु फलफुलको तुलनामा मुल्य पनि धेरै राम्रो र बजार नजिक भएकोले उत्पादन गरेर बिक्रि गर्न धेरै गार्हो नरहेको पण्डितले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?