अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ

काठमाडौं : अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ भएको छ ।

उनकी पत्नी अनु थिङले शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

३ किलो तौलका शिशु स्वस्थ रहेको बुद्धिले बताए । अनुलाई अस्पतालको आइसीयूमै राखिएको छ । पहिलो सन्तान लाभ भएकोमा बुद्धिले अनलाइनखबरसँग खुसी व्यक्त गरे ।

बुद्धि र अनुले २ वर्षअघि विवाह गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?