आतिशी बनिन् दिल्लीको मुख्यमन्त्री

काठमाडौं : भारतको दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशी मुख्यमन्त्री बनेकी छिन् । उनलाई शनिबार उपराज्यपाल वीके सक्सेनाले शपथग्रहण गराएका छन् ।

अरविन्द केजरिवालले जेलबाट छुटेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि ४३ वर्षीया आतिशी मुख्यमन्त्री बनेकी हुन् ।

आतिशीका साथै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले मन्त्री पदको शपथ लिएका छन् ।

दिल्लीमा आतिशीभन्दा अघि महिला मुख्यमन्त्री भाजपाकी सुष्मा स्वराज र कांग्रेस आईकी शिला दीक्षित बनेका थिए । आतिशी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?