काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ को तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार एक सयले वृद्धि भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?