म्याग्दे गाउँपालिकामा आइतवार देखि एकीकृत सेवा सुरु

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रुपमा प्रदान गर्न घुम्ती शिविर आयोजना गरेको छ ।

गाउँपालिकाले आइतबारदेखि सुरु गरेको एकीकृत सेवा शिविर कात्तिक ९ गते सकिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

पालिकाको पहुँच भन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रुपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पन्निकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजस्व सङ्कलन लगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु सहज तरिकाले जनतासामु पु¥याउने उद्धेश्य अनुसार एकीकृत घुम्ती शिविर गरिएको गाउँपलिकाले जनाएको छ ।

शिविरको पहिलो दिन वडा नम्बरको बाखे गुरुङ सामुदायिक भवनमा एकीकृत सेवा प्रदान गरिएको छ । शिविरको पहिलो दिन पाँच सय १२ जनाले सेवा लिएको पलिकाले जनाएको छ ।

उनका अनुसार पशुसेवा उपशाखातर्फ ७२, कृषि सेवा उपशाखातर्फ एक सय १३, महिला तथा बालबालिका शाखातर्फ १३, वडा कार्यालयको प्रशासनिक कार्यतर्फ आठ, स्वास्थ्य सेवा उपशाखातर्फ दुई सय ७२ र आयुर्वेद शाखातर्फ ४० जनाले सेवा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?