सहकारी ठगी प्रकरणमा पक्राउ भएका जोशीलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप

काठमाडाैं : सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा आइतबार पक्राउ पर्नुभएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।

जोशीलाई कास्की जिल्ला अदालतको इजलासले अनुसन्धानका लागि आज पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा ल्याइएको र आज अदालतमा उपस्थित गराइएको थियो ।

जोशीलाई अदालतमा उपस्थित गराउँदा सहकारी पीडित पनि अदालत परिसर पुगेका थिए । त्यसअघि पीडितले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?