सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७ सय

काठमाडौं : मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।

अमेरिकाले हालै ब्याजदर घटाउनु र आगामी महिनामा थप घटाउने संकेत दिएपछि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?