दमौली : प्राणघातक रोग क्यान्सरका कारण दिवङ्गत भएका देवविक्रम खतिवडाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।
दिवङ्गत छोराको सम्झनामा बुबा पुष्पराज खतिवडा र माता जमुना खतिवडाद्वारा जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नयनमा सहायोग पुग्ने गरी यो कोष स्थापना गरिएको हो ।
अक्षयकोषका लागि खतिवडाले देवघाटमा रहेको श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठमा एक लाख एक हजार एक सय एघार र श्री आदर्श माध्यमिक विद्यालय जयपुर झापामा एक लाख एक हजार एक सय एघार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
उक्त कोषमार्फत श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठ देवघाटमा शास्त्री तहमा अध्ययन गर्ने विद्यार्थीमध्ये ऎच्छिक नेपाली विषयमा सर्वोकृष्ट अङ्क ल्याउने एकजनालाई पुरस्कार दिने र झापामा रहेको श्री आदर्श माध्यमिक विद्यालय जयपुरमा कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा १० मा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीलाई पुरस्कार दिने निर्णय गरिएको छ ।
सो पुरस्कारको नाम `देवविक्रम स्मृति पुरस्कार´ राखिएको छ । दमौली एफएममा बाल कार्यक्रम प्रस्तोता समेत भएर काम गरेका देवविक्रम खतिवडाको यही २०८१ असार १४ गते स्वर्गारोहण भएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?