सप्तकोसीमा बस खस्यो २० जनाको उद्धार

काठमाडौं : विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस साँझ सप्तकोसीमा खसेको छ ।

बस कोसी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट कोसीमा खसेको थियो । बसमा बच्चा ३ , चालक र सहचालक २ , अन्य १२ लगायत २० जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको बस साझ ६ बजे चिप्लिएर नदीमा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । कोसी हेल्थ केयर अस्पताल सुनसरी १२ जना ,भारदह अस्पताल ४ जनाको उपचार भइरहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

सशस्त्र प्रहरी बल सुरक्षा बेश भारदह सप्तरी र प्रस्ताबित सीमा सुरक्षा गुल्म हरिपुर बाट डिएसपीको कमान्डामा उद्दार टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?