शहीद चन्द्र छात्राबासमा रोटरीको डिस्पेन्सर सहयोग

दमौली : तनहुँको आदिकवि भानुभक्त क्याम्पस स्थित शहीद चन्द्र नेपाली छात्राबासमा रोटरि क्लव अफ दमौलीले १ सेट वाटर डिस्पेन्सर सहयोग गरेको छ । छात्रावास प्राङ्गणमा सोमवार दिउसो आयोजित एक संछिप्त समारोहमा क्लवका अध्यक्ष रो. दिनेश कुमार श्रेष्ठले उक्त डिस्पेन्सर छात्राबास प्रमुख श्री बसन्ती थापा आले मगरलाई हस्तान्तरण गरेको हो  ।

उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री ब्रह्मदत्त तिमल्सेना, उपाध्यक्ष श्री बुद्धिमान श्रेष्ठ, सदस्य श्री होम बहादुर रसाइली, ऋषिराम ढुंगाना, क्याम्पस प्रमुख श्री महाप्रसाद हड़खले, सहायक क्याम्पस प्रमुख द्वय डा . रामकुमार अधिकारी र सागर पौडेल , उपप्राध्यापक राजन घिमिरे, रो .सुर्ज कुमार मल्ल रो.सागर आचार्य, रो. महेन्द्र कुमार श्रेष्ठ, रो .दामोदर भण्डारी, जि. स.स. सदस्य श्री निल ब. थापा, सदस्य श्री अर्जुन अधिकारी, जि.स .स . सचिवालयका सचिव युवराज आले, भरत बहादुर दुलाल तथा छात्राबासका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?