नेता कार्यकर्तालाई जनमतको निर्देशन- आन्दोलनका लागि तयार रहनू

काठमाडौं : जनमत पार्टीले नेता कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ ।

आइतबार मध्य बानेश्वरमा केन्द्रीय सम्पर्क कार्यालयमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन् ।

पार्टीले राजनीतिक परिस्थितिलाई ध्यानमा राखी पार्टीका सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन पनि निर्देशन दिएको यादवले जानकारी दिए ।

त्यस्तै, २०८१ मंसीरमा हुने स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?