अमेरिकाविरुद्धको टी-२० सिरिज नेपालले गर्‍यो क्लीनस्विप

काठमाडौं : अमेरिकामा आयोजित नेपाल र अमेरिकाबीच भएको पहिलो टी–२० सिरिज नेपालले क्लीन स्वीप गरेको छ।

दुई खेल जितेर उपाधि जितिसकेको नेपालले आज तेस्रो खेल समेत जित्दै सिरिज नै क्लीन स्वीप गरेको हो।

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाउँदै १५६ रन जोडेको थियो। १५७ रनको लक्ष्य नेपालले ९ बल बाँकी छँदै मात्र दुई विकेट गुमाएर पुरा गर्‍यो।

नेपालका लागि ओपनर आशिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरे। टि ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली ओपनर आसिफले अर्धशतक पूरा गरेका हुन्।

करियरको छैटौं अर्धशतक शेखले ३८ बलमा पूरा गरेका थिए। यसअघि आसिफले युएईसँग २ तथा कतार, नेदरल्यान्ड्स र मलेसियासँग समान १ अर्धशतक बनाएका थिए।

ओपनर अनिल शाह १३ रन बनाएर पेभिलियन फर्किएपछि कुशल भुर्तेल आएका थिए। नेपालले अर्धशतक प्रहार गरेका आशिफ शेखलाई पनि गुमाएपछि कुशल मल्ललाई क्रिजमा ल्यायो।

आज दुवै कुशलको पारी उत्कृष्ट रह्यो। दुवैले नटआउट रहँदै ९ बल बाँकी छँदै नेपाललाई जित दिलाए। कुशल मल्लले ३० बलमा ४४ तथा भुर्तेलले ३२ बलमा ४० रन प्रहार गरे।

अमेरिकाका लागि सैजेता मुक्कमल्लाले ६८ रन बनाए । मिलिन्द कुमार ४३ रन बनाए। यस्तै, नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?