फोहोर बेचेर व्यास नगरपालिकाले गर्यो दुई लाख बढी आम्दानी

दमौली :  तनहुँको व्यास नगरपालिकाले फालिएको फोहोर बिक्री गरेर दुई लाख १७ हजार चार सय ३९ रुपैयाँ आम्दानी गरेको छ ।

फोहर सङ्कलन गरी पुनः प्रयोगयोग्य  विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले रु दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।

पानीका बोतल, आल्मुनियम, टीन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री विक्री गरिएको थियो ।

जसमा दुई हजार चार सय ५९ किलो पानीका बोतल तथा अन्य बोतलबाट रु ५६ हजार पाँच सय ६८, एक सय तीन आल्मुनियमबाट रु छ हजार एक सय ८०, पाँच सय ६२ किलो टीनबाट रु १४ हजार ६२ आम्दानी गरेको छ ।

त्यस्तैगरी, एक सय ७९ किलो फलामबाट रु छ हजार दुई सय ६५, तीन सय २६ किलो कपीबाट रु पाँच दुई सय १६, पाँच सय ६० किलो किताबबाट रु सात हजार आठ सय ४०, तीन हजार दुई सय १० किलो गत्ताबाट रु ३५ हजार तीन सय १० र सिसाबाट रु ८४ हजार छ सय ७७ आम्दानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?