भारतलाई हराउँदै नेपाल फाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो।

साफ महिला च्याम्पिअनशिपको उपाधीका लागि नेपालले र बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतवार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?