एमालेले रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

 काठमाडौं : नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टिकरण सोधेको थियो । पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टीकरण सोधेको थियो ।

अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?