दमौली : लागु औषध गाँजा मुद्धामामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं.०२ मोहरिया बस्ने बर्ष ४४ को राजन श्रेष्ठ रहेका छन् ।
गत कार्तिक २३ मा जिल्ला अदालत तनहुँले श्रेष्ठलाई एक वर्ष कैद र दश हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार रहेका उनलाई लुकीछिपी बस्दै आएको अवस्थामा प्रहरीले बिहिवार पक्राउ गरेको हो ।
उनलाई आज बिहिवार नै जिल्ला अदालत तनहुँमै उपस्थित गराइएको तनहुँ प्रहरीले जनाएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?