चन्द्रागिरिमा हिमपात (फोटो फिचर)

काठमाडौं : पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो ।चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य छ ।

 

आज मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?