गौशालाको होटलमा युवती मृत फेला

काठमाडौँ : काठमाडौँको गौशालास्थित बागमती होटलमा एकजना युवती मृत अवस्थामा भेटिएकी छन् ।

कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । पुस १६ मा उनी होटलमा पुगेको देखिएको छ । लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।

ढोका फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?