पत्रकार पुडासैनीको निधन

काठमाडौं : पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्षको उमेरमा निधन भएको हो ।

केही दिनयता छातीमा समस्या आएपछि नियमित स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेका उनी शुक्रबार राति काठमाडौंको सरस्वतीनगरस्थित डेरामा बेहोस भएर ढलेका थिए ।

छिमेकीले प्रहरीलाई खबर गरेलगत्तै पुडासैनीलाई चाबहिलको हेल्पिङ ह्यान्ड्स अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

केही दिनयता उनी नेपाल प्रहरीको अस्पतालमा नियमित परीक्षण तथा उपचार गराइरहेका थिए । शुक्रबार उनी कार्यालयको काम सकेर आफ्नो सहकर्मीकोमा खाना खाएर राति पौने ११ बजे आफ्नो कोठामा पुगेका थिए । लगत्तै उनी ढलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

डेढ दशकयता पत्रकारितामा सक्रिय पुडासैनी पछिल्लो समय नेपालभ्युज डटकममा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?