तनहुँ महोत्सवमा शान्तिश्री परियारको प्रस्तुतिमा झुमे दर्शक

दमौली : तनहुँको सदरमुकाम दमौलीमा जारी ‘नवौ तनहुँ महोत्सवमा’मा गायिका शान्तिश्री परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । महोत्सवमा मुख्य आकर्षणका रुपमा उपस्थित शान्तिश्रीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन र आफू पनि नाचिन् । शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए ।

भरिभराउ दर्शकका माझ शान्तिश्रीको ‘लाउन दाजै पिरती…’ माली गाईलाई बाधेको दाम्ला, मेरो माया छोडेर कहा जाम्ला ।’ गीतमा दर्शक रोमान्टिक बने । ‘रुकुमकोट हान माया चौका दाउ हुकुमको..’ ले भने दर्शक झुमे । ‘कम्मरैमा पटकी कसेर, मुसुमुसु हासेकी बसेर…रुकुमै कोट…आखा नि राम्रै हो ।’ गीत गाउनुभयो । गोर्खे खुकुरी कम्मरमा, मन जित्यो मायाले पहिलो नम्बरमा…’ भाखासँग शान्तिश्रीसँगै दर्शकले समेत गीत आएका थिए । यस्तै शान्तिश्रीले आफ्नो चर्चित गीत ‘अडेरी काडैले मलाई च्वास्सै, च्वास्सै’ बोलको गीतले दर्शकलाई नचाउनुभयो । ‘गलबन्दी च्यातियो तिम्ले तानेर ’ बोलको चर्चित गीत गाएर गायिका शान्तिश्रीले प्रस्तुतिको बिट मार्नु भएको थियो । शान्तिश्रीको झण्डै एक दर्जन गीत प्रस्तुतिमा दर्शक निकै रमाएका थिए । उहाँको सबै गीतमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिएका थिए । बिहीबार शान्तिश्रीसँगै वसन्त विक, उमादेवी खनाल, समृद्धि परियार र लक्ष्मी नेपालीको समेत प्रस्तुति रहेको थियो ।

नवौ तनहुँ महोत्सवमा शुक्रबार चर्चित मोडल लोमश शर्मा गायक तथा गायिकाहरु अस्मिता अधिकारी, महेश काफ्ले, वृन्दा परियार आउनु हुने भएको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सहआयोजनामा पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?