सरकारले अबको ३० दिनभित्र सूचीकरण नगराएमा फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमाथि रोक लगाउने चेतावनी दिएको छ । बिहीबार ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा’ एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो अल्टिमेटम दिएको हो ।
हालसम्म भाइबर, टिकटक र विटोक मात्रै मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेको उल्लेख छ । अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जाललाई अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वः नियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न भन्दै मन्त्रालयले सचेत गराएको छ ।
तोकिएको समयभित्र सूचीरकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्दे्शिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्जालनमा रोक लगाउन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ।’ बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?