कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए ।

२०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकब्ँट प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालकालागि नियुक्त भएका उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ रसरकारबीच  दुरी बढेको थियो ।

यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?