विदेश गएका नेपालीले आफनो मातृभूमिलाई  कदापि बिर्सन हुदैन;  केन्द्रीय सदस्य भण्डारी

दमौली : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारीलेले विदेश गएका नेपालीहरु आफनो मातृभूमि नेपाललाई कदापि विर्सन नहुने बताएका छन् । केन्द्रीय सदस्य भण्डारीले बिहीबार तनहुँको व्यास – ४ मा सानएजुकेसन कन्सलटेन्सीको कार्यालय उद्घाटन गर्दै सो कुरा व्यक्त गरेका हुन् ।

नेपालका धेरै जसो नेपालीहरु विदेशमा राम्रो काम लगाईदिने प्रलोभनमा ठगिएको बताउदै आफुले रोजगारीका सिलसिलामा पठाएका नेपालीकामदारहरुलाई ठगिनबाट बचाउन सदैव प्रयत्नशील रहन कन्सलटेन्सीलाई आग्रह गरे ।

उनले ‘राम्रो काममा लगाई दिन्छु’ भन्दै धेरै कन्सलटेन्सीहरुले झुक्याएर विदेश गएपछि आफुले पठाएकाहरुसग सम्पर्क विहिन हुनु,पैसा फसिनु दुखद भएको बताउदै आफुले तेस्ता मेनपावर उपर कारवाहीगराई कानुनी उपचार दिलाउन पहल गरिने बताए ।

सान एजुकेसन कन्सलटेनसीका संचालक नजरत अलि मियाँ,सतार मियाँ र सलमान अलिको संयुक्त कुल २० लाखको लगानीमा स्थापना गरिएको सो कार्यालयबाट कोरिया,जापान,दुवैइ,अमेरिका ,अस्ट्रेलिया ,मकाउ ,ओमन लगाएतका देशहरुमा सेवा दिईने कन्सलटेन्टका संचालक नजरत अलि मियाँले जानकारी दिए।

उक्त कार्यक्रममा स्थानीय युवा समाज सेवी खेम गुरुङ ,युवा समाजसेवी दिलबहादुर दरै ,युवा समाजसेवी टिकाराम साप्कोटा,समाजसेवी नेक महमद मिया लगाएतका उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?