थप २३५ जनामा कोरोना पुष्टि ,४ जनाको मृत्यु

नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७ हजार ८८५ जनाको पिसिआर परीक्षण र ११९९ जनाको एन्टिजेन परीक्षण गर्दा २३५ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा २१२ जना निको भएको छ भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?