रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा तिमिल्सिना

दमौली – रोट्रयाक्ट क्लब अफ दमौलीले  वर्ष २०२५/२६ का लागि नयाँ कार्यसमिति चयन गरेको छ।

दमौलीमा सम्पन्न दोस्रो साधारण सभाबाट  गोविन्द तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा विपीन गौली, उमेश पौडेल, सचिवमा करण नेपाली, कोषाध्यक्षमा पवन पौडेल चयन भएका छन् ।

सो अवसरमा निवर्तमान अध्यक्ष रवि अधिकारीले आफ्नो कार्यकालको अनुभव बाँडेका थिए भने नव-निर्वाचित अध्यक्ष  गोविन्द तिमिल्सिनाले सबैको साथ, समर्थन र सहकार्यका लागि धन्यवाद दिँदै भविष्यमा क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?