काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आज आइतबार दिउँसो १ बजे देखि हुने भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेता हरुले जानकारी दिएका छन् ।
शनिबार दिउँसो साढे दुई बजे स्थगित भएर साँझ पौने ७ बजे पुन: सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्द सत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्ने प्रस्ताव गरेका थिए ।
त्यसपछि अध्यक्ष मण्डलले बन्द सत्र आइतबार १ बजेसम्म स्थगित भएको जानकारी गराएको माओवादीको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ ।
शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । तर सहमतिका लागि प्रयास भइरहेको भन्दै निर्वाचन कार्यक्रमलाई पर सारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?