गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँकाे अध्यक्षमा पुनः आकाश अधिकारी चयन

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको अध्यक्षमा पुनः आकाश अधिकारी चयन भएका छन् ।

शनिबार दमनैलीमा भएकाे नवाैँ वार्षिक साधारणसभा तथा चाैथाे अधिवेशनले  अधिकारीकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

प्रतिष्ठानकाे उपाध्यक्षमा दिवाकर भट्टराई, लक्ष्मी तिमल्सिना, सचिबमा माधब प्रसाद अधिकारी, सह-सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा बन्धुराज अधिकारी र सदस्यहरुमा अन्जना तिमिल्सिना, दिब्या काफ्ले, गिता रखाली मगर, दिपक गैरे र थप एक जना सदस्य पछी मनोनीत हुने गरि सर्बसम्बत रुपमा चयन गरेको छ ।

नवौ साधारणसभा एवम चौथो अधिबेशन उद्घाटन गर्दै  कवि अनिल श्रेष्ठले प्रतिष्ठानले जिल्लामा साहित्यकाे क्षेत्रमा निकै महत्त्वपूर्ण काम गर्दै आएकाे बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि डा.यम बहादुर पौडेल क्षेत्रीले साहित्य क्षेत्रमा तनहुँ सधैं अग्रस्थानमा रहेको बताए। कार्यक्रममा गण्डकी वाङ्गमय प्रतिष्ठान तनहुँका अध्यक्ष गौ कुमारी न्यौपाने, प्रगतिशील लेखक संघ तनहुँका अध्यक्ष विकास विक, लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्की,कवि अर्जुन अधिकारी, कवि राजु दाहाल लगायतले भनाई राखेका थिए ।उद्घाटन सत्रको समापन पछि कार्यक्रमको सयोजन निर्बाचन मण्डलका सयोजक अधिबक्ता बिष्णुभक्त सिग्देलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?