व्यास नगरपालिकामा तीजका अवसरमा सार्वजनिक बिदा

दमौली । व्यास नगरपालिकाले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजका अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिका बसेको बैठकको निर्णयअनुसार  मंगलबार व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र मातहतका संघ–संस्थामा एक दिन सार्वजनिक बिदा रहने नगरपालिकाले जनाएको छ।

सूचना पत्रमा भनिएको छ, “महिला समुदायले उल्लासपूर्वक मनाउने तीज पर्वको अवसरमा नगर क्षेत्रका सम्पूर्ण सार्वजनिक तथा निजी निकायमा बिदा रहने भएकाले सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।”

तीज पर्वलाई महिलाहरूले श्रद्धा, भक्ति र उल्लाससहित मनाउने परम्परा रहिआएको छ। यस दिन महिलाहरूले उपवास गरी भगवान् शिवको पूजा गर्ने, दर खाने, नाचगान तथा सामूहिक भेला गर्ने चलन रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?