तनहुँ १० भाद्र – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा इलेक्टोनिक मेडिकल रेर्कड (ईएमआर) सुभारम्भ गरिएको छ ।
मंगलवार एक कार्यक्रमको बिच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले एक कार्यक्रमका बिच ईएमआर प्रणालीको शुभारम्भ गरेका हुन । कुल ३३ लाखको लागतको विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा उक्त ईएमआर प्रणाली अस्पताललाई हस्तान्तरण गरिएको हो ।
स्वास्थमन्त्री प्रदिप पौडेलले केन्द्रलाई श्वास प्रश्वासको देशमै उत्कृष्ट उपचार हुने अस्पताल बनाउने बताए । मन्त्री पौडेलको सरकारी अस्पताललाई व्यवस्थित गर्न ईएमआर प्रणालीले सहयोग पुग्ने भनाई थियो । यस प्रणालीले अस्पताललाई प्रविधीमैत्री र विरामीको उपचारमा समेत आर्थिकभार कम गर्न सहयोग पुग्ने मन्त्री पौडेलकको दावी थियो । नेपालभरका २६ वटा अस्पतालमा डव्लुएचओले ईएमआर मेसिन सहितको सवामा सहयोग गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा केन्द्रको तीन सय क्षमताको उपकरण सहितको अस्पताल भवन निर्माणको लागि सम्झौता हुने मन्त्री पौडेलले बताए । भारत सरकारले केन्द्रलाई तीन सय शैया क्षमताको अस्पताल र उपकरण दिन सहमति जनाइसकेको र यसको सम्झौता हुन मात्रै बाँकी रहेको उनको भनाई छ ।
जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र सञ्चालक समिति अध्यक्ष डा केशर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद जीतप्रकाश आले, प्रदेश सांसद शयामराजा महत, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा.राजेश साम्बजिराब पाण्डव, शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित लगायतले ईएमआर प्रणाली सञ्चालन पश्चात केन्द्रको सेवा थप सहज हुने विश्वास व्यक्त गरे ।
केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले ईएमआर प्रणाली गत जेठ १४ गतेबाट अभ्यास गरिएको बताए । यो प्र्रणाली सञ्चालन भएपछि टिकटिङ, बिलिङ, रिर्पोट, औषधी लगायतका विवरण अनलाईन प्रणालीमार्फत जानकारी लिन सहयोग पुग्ने श्रेष्ठले बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?