काठमाडौँ । आशिका तामाङलाई ५ दिन कैदको सजाय भएको छ । उनले साँगाको पुलमा रकम उठाएको विषयमा अवरोध गरेको भन्दै सूर्यपवनायक नगरपालिकाले आपराधिक उपद्रव कसुर गरेको भन्दै प्रहरीका जाहेरी दर्ता गरेको थियो ।
सोही मुद्दामा फैसला सुनाउँदै भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आशिका तामाङ र शरण तिरूवालाई ५/५ दिन कैदको सजाय तोकेको हो ।
त्यस्तै उनीहरूविरुद्ध ५ सय रुपैयाँ जरिवाना र ८ हजार ३ सय रुपैयाँ क्षतिपुर्ति तथा पीडित राहत कोषमा जनही २ सय रुपैयाँ भराउनुपर्ने फैसला भएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?