तनहुँ — व्यास नगरपालिकाले दसैं बिदाको अवधिमा अत्यावश्यक सेवाबाहेक सरकारी सवारी साधन नचलाउन जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको सूचनाका आधारमा नगरपालिकाले यस्तो व्यवस्था लागू गरेको हो।
नगर प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार जनप्रतिनिधि र कर्मचारीले बिदा सुरु हुनुअघि आइतबारसम्म प्रयोगमा रहेका सरकारी सवारी साधन कार्यालय परिसरमै राख्नुपर्नेछ।
नगरपालिकाले बिदाको समयमा सरकारी सवारी चलाई दुरुपयोग भएको पाइएको खण्डमा सम्बन्धित पदाधिकारी तथा कर्मचारी नै जिम्मेवार हुने चेतावनी दिएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?