पिकनिकबाट फर्किएको बस दुर्घटना: करिब ३५ जना घाइते

काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित सडकखण्डमा बस दुर्घटना भएको छ।

बुधबार ‘नेचर हब’ कम्पिनिका कर्मचारीहरु पिकनिक खाएर साँखुतर्फ फर्कंदै गरेको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरी र स्थानीयवासीका अनुसार बस सडकबाट करिब १०० मिटर तल खसेको छ। बसमा करिब ४० जना सवार रहेको अनुमान गरिएको छ।

दुर्घटना लगत्तै स्थानीय र प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा परी ३० देखि ३५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयर लगायतका अस्पतालमा पुर्‍याइएको छ।

प्रहरी टोली घटनास्थलमा खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?