राष्ट्रियसभा चुनाव : गण्डकीमा कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा विजयी

राष्ट्रियसभा सदस्य चुनावमा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न चुनावमा अन्य र महिला दुवै क्लस्टरमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ‘अन्य’तर्फ कांग्रेसका तिमिल्सिना र ‘महिला’तर्फ एमालेकी देवकोटा निर्वाचित भएका हुन् ।

कांग्रेसका तिमिल्सिना ५ हजार ३३ मतभार ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपाका कपिल लामाले जम्मा ९ सय ४१ मतभार पाए ।

एमालेकी सम्झना ५ हजार १४ मतभारका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?