बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा बझाङको बित्थडचिर-७ का ४० बर्षिय केशब राज जोशी, १३ बर्षिय अशोक राज जोशी, ३५ बर्षिय बसन्त जोशी, ४१ बर्षिय बिष्णु दत्त जोशी, ४२ बर्षिय नरेश राज जोशी, बझाङको केदारस्यू गाउँपालिकाका ६० बर्षिय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका-७ का ४० बर्षिय बसन्त राज रतला र बैतडीको पुर्चौडी-७ बस्ने ४० बर्षिय पुष्पा अवस्थी रहेको प्रहरीले जानकारी दिएको छ ।

सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो । प्रहरी टोली खटिएको र स्थानीयवासीको सहयोगमा १८ महिला र २७ पुरुषको उद्धार गरेर स्वास्थ्य चौकी कोटिला पुर्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?