तनहुँ- प्रेम दिवसको अवसर पारेर बाजबजार युवा क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री व्यास नगर समता विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।
क्लबका अध्यक्ष तथा सामाजिक अभियान्ता महम्मद गफ्फार (सुदिप) को नेतृत्वमा व्यास–७ स्थित विद्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यार्थीलाई कापी, कलम लगायत शैक्षिक सामग्री तथा खेलकुदका विभिन्न सामग्री प्रदान गरिएको क्लबले जनाएको छ।
अध्यक्ष गफ्फारले प्रेम दिवसलाई केवल प्रेम अभिव्यक्त गर्ने दिनका रूपमा नभई समाजप्रति जिम्मेवारी निभाउने अवसरका रूपमा मनाइएको बताए। उनले विद्यार्थीको शैक्षिक र शारीरिक विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?