तनहुँमा अवैध भरुवा बन्दुकसहित २ जना पक्राउ

तनहुँ । तनहुँ जिल्लाको देवघाट गाउँपालिका–४ स्थित रिसिङ खोला क्षेत्रमा प्रहरीले अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंका लागेपछि जाँच गर्दा उनीहरूको साथबाट एक नाले भरुवा बन्दुक (२ नाल) बरामद गरेको हो।
पक्राउ पर्नेमा देवघाट गाउँपालिका–४ निवासी वर्ष ४० का पूर्णबहादुर गुरुङ र वर्ष २४ का अर्जुन गुरुङ रहेका छन्। प्रहरीका अनुसार उनीहरूबाट बारुद जस्तो देखिने कालो धुलो पदार्थ करिब १३ ग्राम ५०० मिलिग्राम समेत बरामद गरिएको छ।
बरामद हतियार र पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?