दमौली । जेसिआई व्यासनगरको ३२औँ स्थापना दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा जेसिज धारा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । साथै, प्रदेश अस्पताल दमौलीमा उपचाररत ४० जना बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको छ ।
वितरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमला मोहन वाग्ले तथा मेसु डा. परिवर्तन वरालको उपस्थिति रहेको थियो ।
कार्यक्रमकै क्रममा एक जना बिरामीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र थप उपचारका लागि पोखरा लैजानुपर्ने अवस्था देखिएपछि जेसिआई व्यासनगरका सदस्यहरूबाट रु. ८,५०० (आठ हजार पाँच सय रुपैयाँ) आर्थिक सहयोग संकलन गरिएको जनाइएको छ । साथै, बिरामीलाई दमौलीबाट पोखरा स्थानान्तरण गर्न जेसिआई व्यासनगरको सहजीकरणमा व्यासनगर एम्बुलेन्सको व्यवस्था समेत गरिएको जेसिआई व्यासनगरले जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?