दमौली : तनहुँको व्यास -१३ पोखरी भञ्ज्याङमा रहेको जनजागृति गङ्गा मा.वि का पुर्व विद्यार्थी मञ्चको अध्यक्षतामा सनम तामाङ चयन भएको छ । विद्यालयका प्र .अ चन्द्रमणी कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तामाङको अध्यक्षता १५ सदस्यको समिति गठन गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा लिला पन्थ ,सचिवमा नबिन पुरी , सहसचिवमा सागर पाण्डे , कोषाध्यक्षमा सर्मिला पन्थ सदस्यहरु आनन्द मगर, यम बहादुर मगर , नरेश गिरी , प्रताप भुजेल , उमेश गिरी , हरिराम बस्नेत , बिमला रोका , बिष्णु नेपाली , यम बहादुर मगर , कुमार प्रसाद बराल चयन हुनुभएको छ ।
उक्त कार्यक्रममा विद्यालयका पुर्व प्र .अ माधब पन्त , पुर्व विद्यार्थी तथा विद्यालयका पुर्व शिक्षक यम बहादुर रानाभाट , पुर्व विद्यार्थी तथा विद्यालयहरुशिक्षक दिनेश गिरी, मिनु सिन्चुरी , सबिता थापा, शिक्षक सुरेन्द्रराज खनाल, हिमनिधि पन्थको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?